• अर्थ, ताजा समाचार

    पाँच महिनामा करिब साढे सात खर्बको वैदेशिक व्यापार, १६.१४% ले बढ्यो निर्यात

     33 Views
    पाँच महिनामा करिब साढे सात खर्बको वैदेशिक व्यापार, १६.१४% ले बढ्यो निर्यात

    काठमाडौं, ७ पुस । चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो पाँच महिनामा करिब साढे ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिरसम्ममा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४.२१ प्रतिशत बढी हो । गत आवको मंसिरसम्ममा ७ अर्ब ५ करोड ४१ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।

    यस वर्ष आयात र निर्यात दुवैमा सुधार देखिएको छ । विभागका अनुसार मंसिरसम्ममा ८३ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत आवको तुलनामा निर्यात १६.१४ प्रतिशतले बढेको छ । गत आवको मंसिरसम्ममा ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको वस्तु निकासी भएको थियो ।

    मंसिरसम्म विभिन्न देशबाट ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ४२ खर्ब २० करोड रुपैयाँ बराबरको आयात भएको थियो, अर्थात् गत आवको मंसिरसम्मको तुलनामा आयात ३ प्रतिशतले बढी हो ।

    तथ्याङ्कअनुसार मंसिरसम्ममा नेपालले ५ खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ बरारको व्यापार घाटा बेहोरेको छ । गत गत आवको सोही अवधिमा यस्तो व्यापार घाटा ५ खर्ब ७९ अर्ब थियो । अर्थात् गत आवको तुलनामा नेपालको व्यापार घाटा १.५२ प्रतिशतले बढेको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment