• ताजा समाचार, शेयर मार्केट

    १३.५३ अङ्कले घटेको नेप्से २,५८३ को विन्दुमा, साढे ४ अर्बको कारोबार

     32 Views
    १३.५३ अङ्कले घटेको नेप्से २,५८३ को विन्दुमा, साढे ४ अर्बको कारोबार

    काठमाडौं, ७ पुस । यस साताको कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ५३ अङ्कले घटेको छ । आइतबार परिसूचक १३ दशमलव ५३ अङ्कले घटेर २ हजार ५ सय ८३ दशमलव २९ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन बिहीबार ३१.४३ अङ्कले घटेको परिसूचक २ हजार ५ सय दशमलव ८६ को विन्दुमा बन्द भएको थियो ।

    आज कारोबार रकम पनि घटेको छ । एक ९१ लाख ८० हजार ७१८ कित्ता शेयर ५७ हजार ८६३ पटक किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    आइतबार ३१९ धितोपत्र कारोबारमा आए, जसमध्ये १५३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ८५ धितोपत्रको मूल्य घटेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।

    आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये हाइड्रोपावर र उत्पादनमुलक समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ । यस दिन विकास बैंक समूहको उपसूचक २.०५ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्सको १.४९, व्यापार समूहको १.३५, लगानी समूहको १.१८, बैंकिङ समूहको ०.८७, निर्जीवन बीमाको ०.८२, माइक्रोफाइनान्सको ०.३९, म्युचुअल फन्डको ०.०.३५, जीवन बीमाको ०.८१, होटल एन्ड टुरिजमको ०.१६ र अन्य समूहको उपसूचक ०.३७ प्रतिशत घटेको छ ।

    अइतबार तीन कम्पनीको शेयर मूल्यमा सकारातमक सर्किट लागेको छ । सर्किट लाग्नेमा सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मछन् । त्यस्तै सुपर मादी हाइड्रोपावरको ९.९९ र पिपुल्स पावरको ९.७१, मानुषी लघुवित्तको ७.८०, घोराही सिमेन्टको ७.२३ र चिर्ख्वा हाइड्रोपावरको ६.३४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज सप्तकोशी विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै ६.४० प्रतिशतले घटेको छ । त्यस्तै मायाखोला हाइड्रोपावरको ६.१२, गरिमा विकास बैंकको ४.५२, नारायणी विकास बैंकको ४.३८ र सामुदायिक लघुवित्तको ४.०२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment