काठमाडौं, ७ पुस । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कोषको पुष ७ गते (आज) बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल सरकार, अर्थमन्त्रालयबाट स्वीकृत भई कोषको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले पाउँनेछन् ।