काठमाडौं, ३ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिस अनुसार बुधबार राष्ट्रपति पौडेलले भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरेकालहुन ।
उनीहरुलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।