घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
३ पुष २०८१
घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ पुस । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेर १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस