• कृषि, ताजा समाचार

    चार महिनामा रासायनिक मल २ लाख मेट्रिक टन आयात

     39 Views
    चार महिनामा रासायनिक मल २ लाख मेट्रिक टन आयात

    काठमाडौं, ३ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा २ लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार चार महिनामा २ लाख ९ हजार ९०१ मेट्रिक टन रासायनिक मल आयात भएको हो ।

    जसमध्ये युरिया १ लाख ६५ हजार ६६२६ मेट्रिक टन, डीएपी ३९ हजार १९८ मेट्रिक टन र पोटास ५ हजार ७५ मेट्रिक टन आयात भएको छ ।

    चालू आवको मंसिरसम्ममा गत आव २०८०/८१ को समेत गरी सरकारसँग ९८ हजार ४३३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । जसमा युरिया ६८ हजार ७९७ मेट्रिक टन, डीएपी २३ हजार ४३९ मेट्रिक टन मौज्दात छ भने पोटास ६ हजार १९६ मेट्रिक टन छ ।

    कृषि सामाग्री लिमिटेड र साल्ट टेडिङ्ग कम्पनी लिमिटेडले रासायनिक मल आयात गर्दै आएका छन् ।

    यसमा तपाइको मत

    Facebook Comment