• ताजा समाचार, देश

    प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह

     43 Views
    प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह

    काठमाडौं, २ पुस । वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ ।

    वातावरण विभागले आज एक सूचना जारी गर्दै सवारी साधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो ।

    विगत केही सातादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण वढेको विभागले सूचनामा उल्लेख गरेको छ ।

    वायु प्रदूषणका मुख्य कारक उद्योग कलकारखाना र सवारी साधनवाट निष्कासन हुने धूवाँ हो । त्यस्तै वन डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउँदा, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलोले वायुलाई प्रदूषित गर्दछ ।

    वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकोले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले अनुरोध छ ।

    यसमा तपाइको मत

    Facebook Comment