• ताजा समाचार, राजनीति

    गृहमन्त्रीको निर्देशन : सीमा अपराध र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्नु

     40 Views
    गृहमन्त्रीको निर्देशन : सीमा अपराध र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्नु

    काठमाडौं, २ पुस । गृहमन्त्री रमेश लेखकले सीमा अपराध, रावस्व चुहावट र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

    लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई मङ्गलवार भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमापार अपराध, रावस्व चुहावट र तस्करी नियन्त्रणमा कुनै बहानाबाजी स्वीकार्य नहुने बताए ।

    यस्तै गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने बताए ।

    ‘२०८४ को चुनावसम्म यही गठबन्धन रहन्छ कुनै तल–माथि हुन्न’ गृहमन्त्री लेखकले भने । अहिलेको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको उनको भनाइ छ । संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित हुनुपर्ने गृहमन्त्री लेखकले बताए ।

    गृहमन्त्री लेखकले लुम्बिनीमा लागूऔषध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना, साइबर क्राइम जस्ता अपराध रहेको औँल्याए । समाजमा द्वन्द्व र अराजकता निम्ताउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार भएको भन्दै गृहमन्त्रीले कानुनी शासनमा भीडले प्रभावित गर्ने प्रयास भएको बताए ।

     

    यसमा तपाइको मत

    Facebook Comment