माउण्टेन इनर्जीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

अनलाइनसमय |
२ पुष २०८१
माउण्टेन इनर्जीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं, २ पुस । माउण्टेन इनर्जी नेपाल लिमिटेडले शेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीको १ पुसमा बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट हुने बोनस शेयर वितरणपश्चात् कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ । बोनस वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार कायम हुने कम्पनीले जनाएको छ ।

सो चुक्तापुँजीको १ः०.५० को अनुपातमा हुने गरी १ अर्ब ३० करोड १३ लाख ५७ हजार रुपैयाँको एक करोड ३० लाख १३ हजार ५ सय ७८ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

यसरी संकलित रकम ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने पनि पुस २८ गते साधा बोलाएको छ ।

हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते११औँ वार्षिक साधारण सभा बोलाएको छ सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटेरिङ्ग एण्ड इभन्ट्समा बिहान १० बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस