• ताजा समाचार, देश

    नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

     52 Views
    नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

    काठमाडौं, १ पुस । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई उच्च अदालत पाटनले थुनामै पठाउन आदेश गरेको छ ।

    जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो ।

    झालाई ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधमा २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

    त्यस्तै पुर्पक्षका लागि थुनामा रहेका प्रतिक थापालाई पनि अदालतले थुनामै राख्न जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । उनलाई पनि २ भदौ २०८१ मा थुनामा राख्न आदेश दिएको थियो ।

    न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झाका साथै प्रतिक थापालाई पनि थुनामा राख्न काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

     

    यसमा तपाइको मत

    Facebook Comment