काठमाडौं, १ पुस । यस साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेका छ । यो ह्राससँगैसोमबार परिसूचक २ हजार ६ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार नेप्से ३३.४२ अंकले घटेर २६८२ बिन्दुमा रोकिएको थियो ।
नेप्सेमा आएको ह्राससँगै आज कारोबार रकम पनि घटेको छ । एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर ६७ हजार ६४८ पटक किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल ६ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार ३०४ धितोपत्र कारोबारमा आए, जसमध्ये २२७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १५ धितोपत्रको मूल्य बढेको छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । यस दिन फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ४.४१ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार समूहको ३.५५, हाइड्रोपावरको २.३६, होटल एन्ड टुरिजमको २.३१, विकास बैंकको २.०३, माइक्रोफाइनान्सको १.८६, जीवन बीमाको १.८२, लगानी समूहको १.५६, बैंकिङ समूहको १.४९, निर्जीवन बीमाके १.४२, उत्पादनमुलक समूहको १.१६, म्युचुअल फन्डको ०.९१ र अन्य समूहको उपसूचक १.४५ प्रतिशतले घटेको छ ।
सोमबार कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै जोशी हाइड्रोपावरको ९.४० प्रतिशत, कुमारी सबल योजनाको ५, नेश्नल हाइड्रोको ३.९८, मंदाकिनी हाइड्रोपावरको ३.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज जानकी फाइनान्सको शेयर मूल्य ९.५८ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल फाइनान्सको ७.४५, नारायणी डिभलपमेन्ट बैंकको ५.९०, स्भाभिमान लघुवित्तको ५.८१ र अपर सोलू हाइड्रोको ५.७४ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा एनआरएन इनफ्रास्टक्चर, जोशी हाइड्रोपावर, जानकी फाइनान्स, हिमालयन रि इन्स्योरेन्स र नेपाल फाइनान्स क्रमशः अगाडि छन् ।