काठमाडौं, १ पुस । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले १ ओभरअगावै पूरा गरेको हो ।
नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यस्तै सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन जोडिन् ।
त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रनमा अलआउट भएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् ।
पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । नेपालले भोलि भारतसँग खेल्ने छ ।