• ताजा समाचार, राजनीति

    प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

     55 Views
    प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

    काठमाडौं, १ पुस । प्रहरीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माका अनुसार सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो ।

    प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताइएको छ ।

    प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाटै पक्राउ गरेको थियो । सुरुमा सहकारी ठगीमा पक्राउ परेका उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान गरेको छ । अब जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन गरी मुद्दा अदालतमा पेश गर्नेछ ।

     

    यसमा तपाइको मत

    Facebook Comment