मनकामना केबलकार आज र भोलि बन्द

अनलाइनसमय |
१ पुष २०८१
मनकामना केबलकार आज र भोलि बन्द

काठमाडौं, १ पुस । मनकामना केबलकार आज र भोलि दुई दिन बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै पुस १ र २ गते केबुलकारको टावर मर्मत सम्भारका लागि सेवा बन्द गरिएको जानकारी दिएको हो ।

सूचनाअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ ।

केबलकार सेवा बन्द भए पनि बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् सन्चालन हुने प्रालिले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस