• अर्थ, ताजा समाचार, वाणिज्य

    महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, नगद लाभांश कति ?

     38 Views
    महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, नगद लाभांश कति ?

    काठमाडौं, १ पुस । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

    बैंकको आज (सोमबार) बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

    उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिेनछ ।

     

    यसमा तपाइको मत

    Facebook Comment