८.६० प्रतिशतले घट्यो वैदेशिक सहायता

अनलाइनसमय |
३० मंसिर २०८१
८.६० प्रतिशतले घट्यो वैदेशिक सहायता

काठमाडौं, ३० मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिवद्धता घटेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आवको असोजसम्ममा वैदेशिक सहायता प्रतिबद्धता रू. ३७ अर्ब १८ करोड रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ८ दशमलव ६० प्रतिशत कमी हो । गत आवको सोही अवधिमा यस्तो प्रतिबद्धता रू. ४० अर्ब ६८ करोड थियो ।

कुल सहायता प्रतिबद्धतामध्ये अनुदानतर्फ रू. २३ अर्ब ७५ करोड ८० लाख अर्थात् ६३ दशमलव ९ प्रतिशत रहेको छ । त्यस्तै ऋणतर्फ रू. १३ अर्ब ४२ करोड १९ लाख अर्थात् ३६ दशमलव १ प्रतिशत छ ।

कुल सहायता प्रतिबद्धतामध्ये १४ अर्ब २७ करोड बराबर अर्थात् ३८ दशमलव ४ प्रतिशत वातावरण र जलवायु क्षेत्रमा प्राप्त भएको छ । त्यस्तै यातायात क्षेत्रमा १३ अर्ब ४२ करोड बराबर अर्थात् ३६ दशमलव १ प्रतिशत, सामाजिक क्षेत्रमा ७ अर्ब ६२ करोड बराबर अर्थात् २० दशमलव ५ प्रतिशत प्राप्त भएको छ भने अन्य क्षेत्रमा १ अर्ब ८२ करोड बराबर अर्थात् ४ दशमलव ९ प्रतिशत प्राप्त भएको तथ्यांकमा उल्लेख छ ।

स्रोत : अर्थ मन्त्रालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस