• खेलकुद, ताजा समाचार

    एनपीएल : अन्तिम खेलमा लुम्बिनी ५ रनले पराजित, कर्णालीको प्लेअफ सम्भावना बलियो

     46 Views
    एनपीएल : अन्तिम खेलमा लुम्बिनी ५ रनले पराजित, कर्णालीको प्लेअफ सम्भावना बलियो

    काठमाडौं, २८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स आफ्नो अन्तिम खेलमा पराजित भएको छ ।

    त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएको हो । यो जितसँगै कर्णाली याक्सको प्लेअफको सम्भावना बलियो भएको छ ।

    १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो ।

    लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सन्दीप जोराले २१ बलमा २४ रन जोडे । ओपनर अशुतोष घिरैयाले १६ रन, अर्जुन साउदले १३ रन जोडे । भने कप्तान रोहित पौडेल ८ बलमा १० रन बनाए ।

    यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । कर्णालीका लागि जिसान मक्सुदले २ विकेट लिए । सोमपाल कामी, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए ।

     

    यसमा तपाइको मत

    Facebook Comment