मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने

अनलाइनसमय |
२८ मंसिर २०८१
मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने

काठमाडौं, २८ मंसिर । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई कार्यालयले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस