चालू खाता करिब डेढ खर्ब बचतमा, २ खर्ब नाघ्यो शोधनान्तर स्थिति

अनलाइनसमय |
२८ मंसिर २०८१
चालू खाता करिब डेढ खर्ब बचतमा, २ खर्ब नाघ्यो शोधनान्तर स्थिति

काठमाडौं, २८ मंसिर । चालू आर्थिक वर्ष २०८१/८२ को कार्तिकमा चालू खाता करिब डेढ अर्ब बचतमा रहेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क अनुसार चालू आवको कार्तिकमा चालू खाता १ खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा यस्तो खाता ९७ अर्ब १० करोडले बचतमा रहेको थियो

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७३ करोड ६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब६ करोडले बचतमा रहेको छ ।

चालू आवको कार्तिकमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १ अर्ब ५९ करोड रहेको थियो ।

चालू आवको कार्तिकमा ५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । गत आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ३ अर्ब ६५ करोड रुपैयाँ थियो ।

यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । गत आवको सोही अवधिमा १ खर्ब ५० अर्ब २४ करोडले शोधनान्तर स्थिति बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *