१.३ प्रतिशतले बढ्यो कुल आन्तरिक कर्जा

अनलाइनसमय |
२८ मंसिर २०८१
१.३ प्रतिशतले बढ्यो कुल आन्तरिक कर्जा

काठमाडौं, २८ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा कुल आन्तरिक कर्जा १ं दशमलव ३ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २ दशमलव २ प्रतिशत बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा यस्तो कर्जा ५ दशमलव १ प्रतिशत बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ६ दशमलव ६ प्रतिशत घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो दाबी १ दशमलव ७ प्रतिशत घटेको थियो । वार्षिक बिन्दुगत आधारमा चालू आवको पहिलो चार महिनामा यस्तो दाबी १ दशमलव २ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो दाबी ३ दशमलव ० प्रतिशत बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६ दशमलव २ प्रतिशत बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस