काठमाडौं, २७ मंसिर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक बैठक स्थगित भएको हो ।
यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो ।
तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले बैठक स्थगित भएको पोखरेलले बताए । उनका अनुसार अब भोलि बिहान ११ बजे बैठक बस्नेछ ।
पुस ४ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकको तयारी र एजेण्डाहरूका विषयमा पनि स्थायी समिति बैठकमा छलफल हुने बताइएको छ ।