तोलामा दुई हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२६ मंसिर २०८१
तोलामा दुई हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २६ मंसिर । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस