• ताजा समाचार, देश

    प्रमुख सूचना आयुक्त र आयुक्तहरुले लिए पद तथा गोपनीयताको शपथ

     45 Views
    प्रमुख सूचना आयुक्त र आयुक्तहरुले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त ड. सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् ।

    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो ।

    शपथपछि शुभकामना दिंदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताए ।

    उनले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छ्ट्याएर काम गर्नुपर्नेमा जोड दिए ।

    मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको सिफारिसका आधारमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

    यसमा तपाइको मत

    Facebook Comment