काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स १ सय ३ रनमा अलआउट भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा सबै वीकेट गुमाएर १०३ रनमा अलआउट भएको हो । योसँगै कर्णालीले जितका लागि १ सय ४ रनको लक्ष्य पाएको छ ।
पोखराका लागि दिनेश खरेलले २६ रन बनाए । आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०÷१० रन जोडे ।
पोखरालाई अलआउट गर्न बोसिस्टोले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए ।