एकैदिन २१ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२५ मंसिर २०८१
एकैदिन २१ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २५ मंसिर । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा २१ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुन प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । यो वृद्धिसँगै चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन यसको मुल्य १ हजार ८६५ रुपैयाँ कायम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस