काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितको लागि १६८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित समयमा ६ विकेट गुमाएर १६७ रन जोडेको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ८० रन बनाए । पौडेलले ५७ बलमा ६ चौका र पाँच छक्का हिर्काए । विदेशी खेलाडी शाद विन जफरले ३५ बलमा चार चौका र एक छक्कासहित ५२ रन बनाए ।