तोलामा ४०० सय रुपैयाँले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
२४ मंसिर २०८१
तोलामा ४०० सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं,२४ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस साताको पहिलो कारोबारको दिन ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । यस दिन चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस