• ताजा समाचार, राजनीति

    रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

     52 Views
    रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं, २३ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    गत मंसिर ९ गते थपिएको १५ दिनको म्याद शनिबार सकिएसँगै प्रहरीले थप अनुसन्धान लागि म्याद थप्न प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए ।

    उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप लामिछानेमाथि छ ।

    लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई पनि ४ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

    गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई बयानका लागि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । जिल्ला अदालत पर्साबाट समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई बयानका लागि पर्सा लग्ने प्रहरीको तयारी छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment