सुनको मूल्य फेरि डेढ लाख तल झर्‍यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२३ मंसिर २०८१
सुनको मूल्य फेरि डेढ लाख तल झर्‍यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २३ मंसिर । नेपाली बजारमा सुनको मूल्य फेरि १ लाख ५० हजार तल झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यो ह्राससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँका कारोबार भएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १ हजार ८६५ रुपैयाँ कायम भएको महाससंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस