• अर्थ, ताजा समाचार

    २४ गुणाले बढ्यो सोयाबिन तेलको निर्यात

     79 Views
    २४ गुणाले बढ्यो सोयाबिन तेलको निर्यात

    काठमाडौं, २० मंसिर । चालू आर्थिक वर्ष (आव)को २०८१/८२ को पहिलो चार महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात वृद्धि भएको वस्तुमा सोयाबिन तेल रहेको छ । व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार कात्तिक महिनासम्ममा ३ अर्ब ४१ करोड रुपैयाँ, अर्थात २३ दशमलव ६६ गुणाले सोयाबिन तेल निर्यात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २ हजार २६६ दशमलव ८ प्रतिशत बढी हो । गत आवको कात्तिक मसान्तसम्ममा १४ करोड ४० लाख रुपैयाँको सोयाबिन तेल निर्यात भएको थियो ।

    सोयाबिन तेलपछि दोस्रो धेरै निकासी बढेको वस्तुमा सूर्यमुखी तेल रहेको छ । कात्तिक मसान्तसम्ममा एक अर्ब ५० करोड ५१ लाख रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा एक हजार २०९ दशमलव १ प्रतिशत बढी हो । गतवर्षको सो अवधिमा ११ करोड ९८ लाख रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको थियो । त्यस्तै तेस्रो बढी निकासी हुने वस्तु जुत्ता चप्पल रहेको छ । चार महिनामा ५१ करोड २४ लाख ३१ हजार मूल्यको जुत्ता चप्पल निर्यात भएको छ । यो गतवर्षको सोही अवधिको भन्दा ६० दशमलव ७ प्रतिशतले धेरै हो । गत आवको कात्तिकसम्ममा ३१ करोड ८८ लाख २१ हजार मूल्यको जुत्ता, चप्पल निर्यात भएको थियो । यसपछि निकासी वृद्धि धेरै हुने वस्तुमा चिया, रोजिन एन्ड रेसिन, एसिडलगायत वस्तु छन् ।

    बढी निर्यात हुने पाँच वस्तु

    सबैभन्दा कम निर्यात हुने वस्तु
    यसैगरी चालू आवको पहिलो चार महिनामा निकासी धेरैले घटेको वस्तुमा पाम तेल रहेको छ । सो अवधिमा ५२ करोड ५९ लाख रुपैयाँको पाम तेल निकासी भएको छ, जुन गतवर्षको भन्दा ७२ दशमलव १ प्रतिशत कम हो । गत आवको यसै अवधिमा एक अर्ब ८८ करोड ४९ लाख रुपैयाँको निर्यात भएको थियो ।

    निकासी धेरैले घट्ने दोस्रो वस्तु सिमेन्ट क्लिंकर रहेको छ । चालू आवको पहिलो चार महिनामा १६ करोड ९० लाख रुपैयाँको सिमेन्ट क्लिंकर निकासी भएको छ । यो गतवर्षको सोही अवधिको तुलनामा ७१ दशमलव १ प्रतिशत कम हो । गत आवको कात्तिकसम्ममा ५८ करोड ५७ लाख रुपैयाँको निकासी भएको ।

    निकासी धेरै घट्ने तेस्रो वस्तु चोकर रहेको छ । गतवर्षको कात्तिकसम्ममा २० करोड ३७ लाख मूल्यको चोकर निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ६ करोड ५५ लाख मूल्यको निर्यात भएको छ, यो गतवर्षको भन्दा ६७ दशमलव ८ प्रतिशत कम हो । यस्तै हस्तकला, अदुवागायतका वस्तुको पनि निर्यात पनि धेरैले घटेको केन्द्रको तथ्यांक छ ।

     

    कम निर्यात हुने पाँच वस्तु

    यसमा तपाइको मत

    Facebook Comment