• ताजा समाचार, देश

    चीनबाट फर्केपछि प्रधानमन्त्रीले भने– ऋण लिने गरी सम्झौता भएको छैन

     67 Views
    चीनबाट फर्केपछि प्रधानमन्त्रीले भने– ऋण लिने गरी सम्झौता भएको छैन

    काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको प्रष्ट पारेका छन् ।

    चीन भ्रमणबाट फर्किएर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताए ।

    ओलीले भने, ‘ऋणसम्बन्धी कुनै कुरा चलेन । छलफल पनि भएन । बीआरआईबारे छलफल भयो । अहिले हामीले जे प्राप्त गरेका छौँं, त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ । त्यो हुँदा पनि होइन । सधैँ किन ऋणको सारंगी बजिरहेको छ । होइन र छैन भनेर पटकपटक भनेका छौं । ऋणसँग यो सरोकार राख्दैन ।’

    सयसैगरी प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गर्दा नेपाल उत्तरतिर ढल्केको चर्चा भइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘दक्षिणको मिडियाले मित्रहरुलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन। भारतका लिडरहरुले यस्तो गरेको थाहा छैन ।’

    यसमा तपाइको मत

    Facebook Comment