चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन

अनलाइनसमय |
२० मंसिर २०८१
चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन

काठमाडौं, २० मंसिर । नेपालका चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो ।

राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन् । उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, श्री ३ हरुका वृतान्त, कुनेछिपेका प्रतिभाहरु, जंगबहादुर राणा, मेरा जीवनका स्मृतिहरु पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस