काठमडौं, २० मंसिर । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुन प्रतितोला एक सय रुपैयाँले बढेर १ लाख ५० हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँ बढेर १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला रु. १ हजार ८६५ कायम भएको थियो ।