चार महिनाभित्र लेखा परीक्षण सक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

अनलाइनसमय |
१९ मंसिर २०८१
चार महिनाभित्र लेखा परीक्षण सक्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं, १९ मंसिर । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा सबै आर्थिक वर्षको लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ ।

कम्पनीका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा बुधबार भएको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताउँदै चार महिनाभित्र सबै आर्थिक बर्षको लेखा परीक्षण सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउन सरोकारवालालाई निर्देशन दिएका हुन् ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१÷७२ देखि अन्तिम लेखा परीक्षण सम्पन्न हुन सकेको छैन । बैठकमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्नेबारे छलफल भएको छ ।

बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारी उपस्थित थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस