• राजनीति

    राष्ट्रपतिको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न

     60 Views
    राष्ट्रपतिको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न

    काठमाडौं, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको । आज त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न गरिएको हो ।

    उनी आज बिहान प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । उनको आधुनिक प्रविधिबाट शल्यक्रिया (बाइबोलार टर्प) सफलतापूर्वक सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले एक विज्ञप्तिमार्फत् जानकारी दिए । उनका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment