एनपीएल : चितवन राइनोजको लगातार दोस्रो जित, पोखरा ८७ रनले पराजित

अनलाइनसमय |
१८ मंसिर २०८१
एनपीएल : चितवन राइनोजको लगातार दोस्रो जित, पोखरा ८७ रनले पराजित

काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले लगातार दोस्रो जित हासिल गरेको छ ।
मंगलबार भएको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको थियो ।

चितवनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स १३.२ओभरमा ७४ रन बनाउँदा अलआउट भयो।
पोखरालाई अलआउट गर्न चितवनका तनविरले ३ ओभरमा १ मडन राख्दै ६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै रिजनले ३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ३ विकेट लिए । लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए भने दिपक बोहराले १ विकेट लिए ।

पोखराका लागि बिपिन खत्री र बास डी लिडेले २–२ तथा सागर ढकाल र रेमन रेफरले १–१ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस