• घटना तथा अपराध, ताजा समाचार

    एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

     70 Views
    एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ

    काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा चारजना भारतीय नागरिक पक्राउ परेका छन् ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बेटिङ गराएको आरोपमा भारत बिहारका चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बागटीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिकहरु २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेस कुमार छन् ।

    सुमन भोज र अमित यादवलाई सोमबार पक्राउ गरिएको र सुमन कुमार तथा ब्रजेस कुमारलाई आज पक्राउ गरिएको उनले बताए ।

    पक्राउ परेका बिरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment