• ताजा समाचार, देश

    पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते (कार्यतालिकासहित)

     45 Views
    पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते (कार्यतालिकासहित)

    काठमाडौं, १८ मंसिर । नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते हुने भएको छ । मंगलबार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

    निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय मंसिर २१ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । सोही दिन ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारमाथि दाबी विरोध गर्न पाउने त्यसै दिन साँझ ५ बजेदेखि मंसिर २१ गते साँझ ७ बजेसम्म तोकिएको छ ।

    कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन फिर्ता लिने मंसिर २१ गते बिहान १० बजेसम्म रहेको छ ।

    उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २२ गते बिहान ११ बजे गरिनेछ भने मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ । सोही दिन मतदानको लागि तोकिएको समय सकिएपछि मतगणना सुरु हुनेछ महासंघले जनाएको छ ।

    प्रदेश समितिको मनोनयन दर्ता मंसिर २४ गते र जिल्ला शाखा र प्रतिष्ठान शाखाको मंसिर २६ गते मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई केन्द्रीय निर्वाचन समितिले आग्रह समेत गरेको छ ।

    महासंघको प्रदेश तथा जिल्ला अध्यक्षको गत असोज १० मा भक्तपुरमा सम्पन्न राष्ट्रिय भेलाले मंसिर २८ गते निर्वाचन गर्ने मिति तय गरेको थियो। तर, अहिलेसम्म ५ पटक निर्वाचनेको मिति तोकिए पनि महासंघको निर्वाचन हुन सकेको छैन ।

    462644700_1490230965699839_8598243397551388948_n

    यसमा तपाइको मत

    Facebook Comment