एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

अनलाइनसमय |
१८ मंसिर २०८१
एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं, १८ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला १२  सय रुपैयाँले घट्दै १ लाख ४० हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको महाुंघले जनाएको छ । सोमबार चँदी २५ रुपैयाँले घटेर १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस