कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले दिए आवेदन (सूचीसहित)

अनलाइनसमय |
१७ मंसिर २०८१
कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले दिए आवेदन (सूचीसहित)

काठमाडौं, १७ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले आवेदन दिएका छन्
। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट समितिले सोमबार ६ जनाको नामसार्वजनिक गरेको हो ।

समितिले २१ कार्तिकमा सूचना जारी गरी उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएको थियो ।

उपकुलपतिका लागि प्रा.डा अर्जुन कुमार श्रेष्ठ, प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, प्रा.डा पुस्करबहादुर पाल, प्रा.डा वलराम कुमार भट्ट, प्रा.डा शारदा थपलिया र प्राडा होमबहादुर बस्नेतले आवेदन दिएका छन् ।

छनोट भएका उम्मेदवारको सोचपत्र तथा कार्य योजनाको प्रस्तुतीकरण र अन्तवार्ता आगामी २४ मंसिरमा हुनेछ ।
प्रा.डा. पुण्यप्रसाद रेग्मीको चारवर्षे कार्यकाल गत असोज ८ गते सकिएपछि हाल उपकुलपति पद रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस