एनपीएल : चितवन राइनोजको विजयी सुरुवात, काठमाडौं ५ विकेटले पराजित

अनलाइनसमय |
१७ मंसिर २०८१
एनपीएल : चितवन राइनोजको विजयी सुरुवात, काठमाडौं ५ विकेटले पराजित

काठमाडौं, १७ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ ।

आइतबार त्रिवि मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएको हो ।
काडमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो ।

चितवनका लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।

बलिङमा काठमाडौंका शाहब आलमले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।

काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए । त्यस्तै माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन जोडेर आउट भए । ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।

बलिङमा चितवनका सोहेल तनवीरले सर्वाधिक ५ विकेट लिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस