• अर्थ, ताजा समाचार

    तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

     51 Views
    तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं, १७ मंसिर । यस साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले १ हजार ८ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैँयामा कारोबार भएको थियो ।

    यसमा तपाइको मत

    Facebook Comment