काठमाडौं, १६ मंसिर । भन्सार विभागले भन्सार चुहावटबारे जानकारी वा सूचना दिन सबैमा आह्वान गरेको छ ।
विभागले एक सूचना जारी गर्दै भन्सार प्रशासनमा हुने जोखिम तथा राजस्व चुहावटका विषयमा कुनै जानकारी वा सूचना भएमा विभागको इन्टिलिजेन्ट युनिटमा टिपाउन आग्रह गरेको छ ।
विभागले दिइएको सूचना गोप्य राखिने समेत बताएको छ ।