रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किदा पाँच जनाको मृत्यु, दुुई घाइते

अनलाइनसमय |
१६ मंसिर २०८१
रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किदा पाँच जनाको मृत्यु, दुुई घाइते

काठमाडौं, १६ मंसिर । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किदा पाँच जनाको मृत्यु भएको छ ।

सुनछहरी गाउँपालिका वडा नम्बर ३ गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डो खनी पर्खाल लगाउने क्रममा माथिबाट माटोको ढिस्कोले पुरिएर सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

७ जनाले काम गरिरहेको अवस्थामा २ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलका लागि एलबी एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले जिम्मा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस