चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

अनलाइनसमय |
१६ मंसिर २०८१
चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, १६ मंसिर । विभिन्न चार देशका नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ खुवाएका हुन् ।

सपथ लिनेमा अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव रहेका छन् ।

शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस