• विश्व

    डेटा सेन्टर सञ्चालन गर्न गुगलले किन्यो फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा

     45 Views
    डेटा सेन्टर सञ्चालन गर्न गुगलले किन्यो फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा

    काठमाडौं, १६ मंसिर । गुगलले आफ्नो डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूरोको जग्गा खरिद गरेको छ ।

    त्याहाँको सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्याण्डमा डेटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।
    चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार फिनल्याण्डमा गुगलले आफ्नो पहिलो डेटा सेन्टर सन् २००९ मा देशको राजधानी हेलसिङ्कीबाट १४५ किलोमिटर पूर्वमा रहेको सहर हमिनामा बनाएको थियो । उक्त डेटा सेन्टरमा हाल करिब ४०० पूर्णकालिक कर्मचारी कार्यरत छन् ।

    यस वर्षको मे महिनामा अमेरिकी टेक कम्पनीले आफ्नो हमिना क्याम्पस विस्तार गर्न एक अर्ब युरोको नयाँ लगानी घोषणा गरेको छ, जसले आगामी दुई वर्षमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको सिन्ह्वाले जनाएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment