दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्ष बस्नेतको मृत्यु

अनलाइनसमय |
१४ मंसिर २०८१
दुर्घटनामा गोकुलगंगा–४ का वडाध्यक्ष बस्नेतको मृत्यु

काठमाडौं, १४ मंसिर । रामेछापमा भएको सुमो दुर्घटनामा परि गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ ।

शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा दुर्घटना हुँदा वडाध्यक्ष बस्नेतको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा वडाध्यक्ष बस्नेतसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको जनाएको छ  । उनका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जना घाइते भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस