कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा अग्नि ग्रुप

अनलाइनसमय |
१४ मंसिर २०८१
कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा अग्नि ग्रुप

काठमाडौं, १४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले मुख्य प्रायोजकको रुपमा महिन्द्रा अग्नि ग्रुपसँग सम्झौता गरेको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच कर्णाली र महिन्द्राबिच सम्झौता भएको हो ।

सम्झौतापत्रमा कर्णाली याक्सका मालिक झनकदत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले हस्ताक्षर गरे ।

कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एन्ड डेभलपमेन्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का, योंगेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्कीको उपस्थित थियो ।

सम्झौतापछि बोल्दै महिन्द्रा अग्नी ग्रुप उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताएकी थिइन् । उनले भनिन्, ‘आगामी लिगको लागि कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी छौं । कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना ।’

कर्णालीले वेस्ट इन्डिजबाट टेस्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात, भारतीय चर्चित क्रिकेटर शिखर धवन, ओमनका पूर्वकप्तान जिशान मक्सुद र पाकिस्तान हुनेस तलातलाई अनुबन्ध गरेको छ ।

त्यस्तै टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

एनपीएल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस