• ताजा समाचार, राजनीति

    कीर्तिपुर र काठमाडौं–१६ मा आज रातिदेखि मदिरा बिक्रीमा रोक

     68 Views
    कीर्तिपुर र काठमाडौं–१६ मा आज रातिदेखि मदिरा बिक्रीमा रोक

    काठमाडौं, १३ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा आज राति १२ बजेदेखि मदिरा तथा नशालु पदार्थ बेचबिखनमा रोक लगाएको छ ।

    प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिहीबार एक सूचना जारी गर्दै मध्यराति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा तथा नशालु पदार्थहरू बेचबिखनमा रोक लगाएको जानकारी दिएका छन् ।

    सूचनामा भनिएको छ, ‘कीर्तिपुर नगरपालिका क्षेत्रभर र काठमाडौं महानगरपालिकाको वडा नं. १६ एवम् सो वडासँग सीमाना जोडिएका अन्य क्षेत्रको ५०० मिटर भित्र मिति २०८१÷०८÷१३ गते राती १२.०० बजेदेखि निर्वाचन मतगणना सम्पन्न नभएसम्म मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको छ ।’

    यही मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको मेयर पद तथा वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि निर्वाचन हुँदैछ । त्यस्तै काठमाडौं वडा नम्बर १६ मा पनि वडाध्यक्षका निर्वाचन हुँदैछ । साथै आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ ।

    468541707_544405878480362_5870830365301344462_n-1732789747.jpg

     

    यसमा तपाइको मत

    Facebook Comment