• राजनीति

    सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार

     61 Views
    सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार

    काठमाडौं, १२ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

    न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको हो । पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ ।

    गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

     

     

    यसमा तपाइको मत

    Facebook Comment